चलचित्रकर्मीको विरोध प्रदर्शन

काठमाडौं- चलचित्रकर्मीहरुले शुक्रबार विरोध र्‍याली प्रदर्शन गरेका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्‍नपार्कस्थित शान्तिवाटिकामा गएर टुंगिएको थियो। चलचित्रकर्मीहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने, चलचित्र विकास बोर्डमा नियुक्ति गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले नारा लगाएका थिए। र्‍यालीमा थारु कलाकारहले पनि ऐक्यबद्धता जनाएका थिए। 

Leave a Reply

Your email address will not be published.