भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई मोही किसानको ज्ञापनपत्र

नेपालगन्ज- मोही हक कार्यान्वयनको माग गर्दै बाँकेका मोही किसानले भूमिसुधार कार्यालय बाँकेमार्फत भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई एक ज्ञापनपत्र बुझाएका छन्। बाँकेका विभिन्न स्थानबाट नेपालगन्जमा भेला भएका मोही किसानले र्‍यालीसहित भूमिसुधार कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्। 
विसं २०६१ देखि मोही बाँडफाँडका लागि परेका निवेदनको ६० दिनभित्र छिनोफानो गरिनुपर्ने, जग्गाधनी प्रमाणपत्रका आधारमा विना झन्झट मोही बाँडफाँड निवेदन लिइनुपर्नेलगायत माग ज्ञापनपत्रमा समेटिएको छ।
जिल्ला भूमि अधिकार मञ्च बाँके र यसैअन्तर्गतको मोही हक सङ्घर्ष समितिको आयोजनामा धम्बोझी चोकबाट सुरु भएको र्‍याली विपी चोक, पासाङ ल्हामु मार्ग हुँदै भुमि सुधार कार्यालयमा पुगेर समापन भएको थियो।
र्‍यालीमा १५० भन्दा बढ मोही किसानको सहभागिता रहेको भूमि अधिकार अभियानका संयोजक बनिलाल थारुले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.