अध्यागमनमा बलात्कृत युवतीलाई सरकारले १ लाख ५० हजार राहत दिने

काठमाडौ- विदेशबाट फर्कँदै गर्दा काठमाडौँ विमानस्थलको अध्यागमनमा रहेकाहरुबाट लुटिएर यौन दुर्व्यवहार समेत सहनुपरेकी सीता (नाम परिवर्तन) राईलाई सरकारले १ लाख ५० हजार रुपियाँ राहत दिने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले अपराधीलाई हदैसम्म कारबाही गर्ने निर्णय पनि गरेको जानकारी सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले दिए। राईलाई हिजो मुख्य सचिव लिलामणि पौडेलले भेटेका थिए।
वैदेशिक रोजगारका लागि अर्काको पासपोर्टमा साउदी पुगेकी ती युवतीलाई स्वदेश फर्कने क्रममा अध्यागमनले पक्रेको थियो।  अध्यागमनका प्रहरी र कर्मचारीले उनीसँग रहेको रकम लुटेका थिए। रकम लुटिएपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई गेस्ट हाउसमा लगेर बलात्कार गरेका थिए।
घटनामा संलग्न अध्यागमन विभागमा कार्यरत प्रहरी जवान र नायब सुब्बा पक्राउ परिसकेका छन् । नायब सुब्बा सोमनाथ खनाललाई प्रहरीले ठगीमा मुद्दा चलाएको छ। सोही घटनामा अध्यागमन विभागको मुद्दा शाखामा कार्यरत अधिकृतद्वय रामप्रसाद कोइराला र टीकाराम पोखरेल निलम्बनमा परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.