राष्ट्रपति पनि प्रतिगमनतिर उन्मुख हुँदैछन् : लेखी

काठमाडौं, मंसिर ३० (नागरिक)- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले राष्ट्रपति रामवरण यादव पनि प्रतिगमनकारीतिर उन्मुख हुन थालेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भट्टराईले भनेजस्तो वैशाखमा चुनाव हुनै नसक्ने भन्दै दलहरुबीच सहमति नहुने दाबी गरे।

प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष लेखीले आफूहरुले पहिला देखि नै प्रधानमन्त्रीले राष्ट्रलाई बन्धक बनाउँदै छन् भनेर भन्दै आएको अहिले आएर राष्ट्रपति पनि प्रतिगमनतिर उन्मुख भएर मुलुकलाई बन्धक बनाउन लागेको आरोप लगाए।

शनिबार रिपोर्र्टर्स क्लब नेपालमा आयोजित साधारण सभालाई सम्बोधन गर्दै लेखीले भने– राष्ट्रपतिसँग आम नेपालीहरुले ठूलो आशा गरेका थिए। तर आज राष्ट्रपतिको कदम संविधान सभाको म्याद थपेजस्तै सरकार बनाउनका लागि म्याद थप्दै जाने र आफ्नो कुर्सीको आयु पनि ४–५ वर्ष लम्ब्याउँदै जाने प्रतिगमनकारी खेलमा लागेको छ।

उनले भने– प्रधानमन्त्री पनि चुनावको पक्षमा छैन्, राष्ट्रपति चुनाव पनि चुनावको पक्षमा छैनन् यि सबै प्रतिगमनकारीहरुप्रति सबै नेपाली मिलेर सही निर्णय गर्ने बेला आएको छ।

Leave a Reply

Your email address will not be published.