केटा मान्छे यसरी केटी बनेर नृत्य गर्छन् (भिडियो)

बारा- एउटा पुरुषले महिलाको पोसाक पहिरिँदा कस्तो देखिन्छ होला? आउनुस् बारा डुमरवाना-९ बेहरीका थारु युवाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबारे चर्चा गरौं। हिन्दूको महान् पर्व छठको अवसरमा यहाँस्थित दुधौरा बाल युवा क्लबका युवाहरुले सांस्कृतिक कार्यक्रम आयोगना गरेका थिए। नृत्यका लागि युवतीहरु नभेटाएपछि यहाँका युवाहरु आफैं केटी बन्ने निधो गरे। एउटा युवतीलाई सजिनका लागि चाहिने मेकअपका सामानहरु उनीहरुले किनेर ल्याए। बाँकी पहिरनका लागि चाहिने कुर्ता-सुरुवान, सारी, लेहेङ्गा लगायतका सामान गाउँका युवतीहरुबाट जम्मा पारे।

छठका रात उनीहरु गाजल, पाउडर, लिपिस्टिक लाएर नृत्यका लागि तयार भए।

कार्यक्रममा खिचिएको एउटा गीतको भिडियो हेर्नुस्

यसरी गरिन्छ मेकअप। भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.