रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल

रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा जिल्लाको वस्तुस्थिति अध्ययन गर्न रसुवा यहाँ आएका नेता नेपालले केबुलकार निर्माण गरी रसुवाको गरिमा उच्च पार्न सिङ्गो पार्टी पङ्क्तिले पहल सुरु गरिसकेको बताए।

केबुलकार निर्माणले गोसाइँकुण्ड जाने आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढ्ने भएकाले केबलकार निर्माणका लागि नेकपा एमाले दत्तचित्त भई अगाडि बढेकोसमेत उनले बताए।
नेता नेपालले उत्तरी रसुवाको दस गाविसका बासिन्दामाझ वर्षायाममा पहिरोका कारण उत्पन्न हुने आवागमन समस्या दीर्घकालीनरुपमा समाधान गर्न मुलखर्क तथा राम्चेमा पहिरो रोकथामका लागि विशेषज्ञ खटाई अध्ययन थाल्ने पहल सुरु गरिसकेको बताए। रसुवाका युवा एमाले नेता माधवप्रसाद अर्यालका अनुसार नेता नेपालले रसुवागढी चिलिमे जलविद्युत् केन्द्रको समेत निरीक्षण गरेका थिए। एमालेका रसुवा जिल्ला अध्यक्ष छोवाङ तेम्जिङ तामाङले जिल्लाको सामयिक गतिविधिबारे नेता नेपाललाई जानकारी गराए। रासस

Leave a Reply

Your email address will not be published.