दाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास गर्न सकिने बताएका छन्। थारु पत्रकार संघ दाङले तुलसीपुरमा ‘थारु समुदायको भाषा, संस्कृतिको विकासका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरिक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममाका प्रमुख अतिथिसमेत रहेको चौधरीले भाषा-संस्कृतिको विकास एक्लैले सम्भव नभएको बताउँदै उनले सबैको भाषा, संस्कृतिलाई स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए। कार्यक्रममा अहिले थारु समुदायको महटवा प्रथा संकटमा पर्दै गएको दुखेसो पोख्दै उनले यसको संरक्षण र प्रबर्द्धनका लागि आवाज उठाउनुपर्ने बताए। थारु समुदायको भाषा, कला, संस्कृति जर्गेन गर्नका लागि पहिलो थारु समुदायको महटवाप्रथालाई कायम गर्नुपर्ने कुरा उनले औंल्याए।
थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा रिर्पोटस् क्लब दाङका अध्यक्ष सरद रेग्मी, सिड सस्थाको कार्यक्रम संयोजक स्यानी चौधरी, समाचार समितिकी राप्ती अञ्चल प्रमुख नारायणी रजौरे, हाम्रो सञ्चार अभियानका संयोजक गजेन्द्र बोहरा, थारु पत्रकार दिप्तीशिखा चौधरी, राजकुमार चौधरी, हिरामणी चौधरी, सुन्दर चौधरीलगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण संघकी सचिव सुनिता चौधरीले गरेकी थिइन्।
