मनाङ–मर्स्याङदी सेमिफाइनलमा

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको पहिलो क्वार्टर फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा मनाङ–मर्स्याङ्दीका तर्फबाट निराजन मल्लले दुई र अनिल गुरुङले एक गोल गरेका थिए भने सशस्त्रका गणेश लावतीले एक गोल गरेका थिए। भोलिको खेल एनआरटी र भूटानबीच हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.