साहित्‍यकार गोविन्द वर्तमानको निधन

काठमाडौं- साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको छ। पायल्स रोगबाट पीडित वर्तमानको उच्च रक्तश्रावका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। कविताबाट साहित्यिक लेखन सु1रु गरेका वर्तमानको सोह्रसाँझ निबन्ध सङ्ग्रह चर्चित छ। मूल्याङ्कन मासिकमा समेत काम गरेका वर्तमान लामो समयसम्म उत्साह साहित्यिक त्रैमासिकमा सम्बद्ध थिए। कवि गोविन्द वर्तमानको जन्म २०१८ साल वैशाखमा चाबहिलमा भएको थियो। उनकी श्रमती, एक छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published.