थरुहट/थारुवान आन्दोलनकारीहरुले सोमबार साँझ एक ओटा नगर बसमा आगजनी गरेका छन्। धनगढीबाट बेली जाँदै गरेको कर्णाली रिभर यातायातको से१ख १०१७ नम्बरको नगर बसमा धनपा–७ स्थित बेलीको जंगलमा आजजनी गरेका हुन्।
बसका ड्राइभर तेज बहादुर पुनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता विश्वराज खड्का ५ जनाको समूहमा आएका नकावधारी थरुहट आन्दोलनकारीहरुलेे नगर बसमा पेट्रोल खन्याई आगो लगाएको जानकारी दिए। उनले आगलागीबाट बसको पुरै भाग जलेर नष्ट भएको छ बताए। बसमा सवार यात्रु र बस चालक भने बसबाट कुदेर भाग्न सफल भएको जनाइएको छ। आजलागि पश्चात धनगढी नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक होरीलाल चौधरी नगर बसमा भएको आगजनि आफ्नै कार्यकर्ताहरबाट भएको जम्मेवारी लिए। आफुहरुको घोषित बन्दको कार्यक्रमलाई अवज्ञा गरी बस सञ्चालन गरेकोले आगजनि गरेको संयोजक चौधरीको भनाई छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर