थरुहट आन्दोलनकारीले बस जलाए

bus firing

थरुहट/थारुवान आन्दोलनकारीहरुले सोमबार साँझ एक ओटा नगर बसमा आगजनी गरेका छन्। धनगढीबाट बेली जाँदै गरेको कर्णाली रिभर यातायातको से१ख १०१७ नम्बरको नगर बसमा धनपा–७ स्थित बेलीको जंगलमा आजजनी गरेका हुन्।
बसका ड्राइभर तेज बहादुर पुनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता विश्वराज खड्का ५ जनाको समूहमा आएका नकावधारी थरुहट आन्दोलनकारीहरुलेे नगर बसमा पेट्रोल खन्याई आगो लगाएको जानकारी दिए। उनले आगलागीबाट बसको पुरै भाग जलेर नष्ट भएको छ बताए। बसमा सवार यात्रु र बस चालक भने बसबाट कुदेर भाग्न सफल भएको जनाइएको छ। आजलागि पश्चात धनगढी नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक होरीलाल चौधरी नगर बसमा भएको आगजनि आफ्नै कार्यकर्ताहरबाट भएको जम्मेवारी लिए। आफुहरुको घोषित बन्दको कार्यक्रमलाई अवज्ञा गरी बस सञ्चालन गरेकोले आगजनि गरेको संयोजक चौधरीको भनाई छ।

Leave a Reply

Your email address will not be published.