बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

बुटवल- रुपन्देही व्यापार संघको अयोजनामा यही पुस ६ गते देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंक पोखरेलले मेला व्यवस्थित र प्रभावकारी गराउनका लागि आवश्यक सबै कामहरु अगाडी बढाइएको जानकारी दिए। उनले अगाडीका मेला र प्रर्दशनीबाट शिक्षा लिएर आम उपभोक्ताहरुको चाहानाअनुसार आयोजना गरिने प्रतिबद्धता जनाए। रुपन्देही व्यापार संघको आयोजना, जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिकाको सह(आयोजनामा हुने लुम्बिनी एक्सपो(२०१२ दिइएको अन्तर्राष्ट्रिय व्यापार मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

मेला सफल बनाउन ५२ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय स्टेरिंग कमिटि एवं ३९ वटा उपसमितिहरु गठन गरी आवश्यक तयारी अगाडी बढाइएको पत्रकार सम्मेलनमा प्रचार प्रचार संयोजक डिल्लीराम भण्डारीले जानकारी दिए। मेलामा सार्क राष्ट्र र चीनलगायत अन्तर्राष्ट्रिय स्तरका वहुराष्ट्रिय कम्पनीहरुका उत्पादनका लागि ५० वटा स्टल सहित कुल ५०० भन्दा बढी स्टलहरु निमार्ण गरिने र लुम्बिनी एक्सपोबाट करिब २५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो । एक्सपो कै क्रममा गोष्ठी, सेमीनार, अन्तरक्रियाहरु लुम्बिनीको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका र महत्वबारे पनि छलफल चलाइने बताइएको छ ।

मेलाका अवसरमा व्यापारको विकासका चुनौति, व्यापारीहरूले झेल्नु परिरहेका समस्या, उपभोक्ताहरूको चाहना, स्थिति, परिचय र प्राथमिकता, सरकारी नीतिहरूका बारेमा छलफल चलाउने र बजार प्रवद्र्धन तथा गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने कसरी गर्ने भन्ने बारेमा पहल हुने पोखरेलले बताए। मेलाबाट व्यापारबारे जनचेतनाको विकास हुने, उद्यमीहरू, व्यवसायीहरु, दर्शकहरु र विभिन्न संस्थाका बीचमा अन्तरसम्बन्धको विस्तार हुने, पर्यटनको सम्भावना र प्रगतिको प्रचार (प्रसार, सरकार र निजी क्षेत्रबीच समस्याको पहिचान गरी अवसर र सुधारको निमित्त सुझाव आदान(प्रदान हुनेछ। विदेशी व्यापारीसँग अनुभव आदान(प्रदान, कृषिलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन सहयोग पु¥याउने विश्वास पनि गरिएको छ।

मेलामा उद्योगको उत्पादन, कृषि उत्पादन, पर्यटन पर्वद्धन र अटोको विकासलाई प्राथमिकतामा राखिएको छ। जसमा कृषिलाई पहिलो पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष पोखरेलले बताए। पत्रकार सम्मेलन संघका अध्यक्ष टंक पोखरेलको अध्यक्षता र सचिव डिल्लीराज भण्डारीको सञ्चालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published.