ह्याप्पी होममा थारु पत्रकार संघ चितवनको भेला हुँदै

थारु पत्रकार संघ चितवनले प्रशिक्षणमूलक जिल्ला भेलाको तयारी पूरा भएको छ। असोज २८ गते नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी हाेममा आयोजना हुने भेलामा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीकाे प्रमुख अातिथ्यमा सम्पन्न हुनेछ। यही कात्तिक १८ गते सुनसरीमा आयोजना हुन लागेको थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरु छनौटसँगै समाचार लेखनको विषयमा छलफल हुने थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले जानकारी दिए ।

समाचार लेखनको वर्तमान अवस्था र यसको सम्भावनाको विषयमा अन्तरक्रियात्मक प्रशिक्षण गर्ने गरी भेलाको आयोजना हुन गर्न लागिएको हो। चितवनका सञ्चार माध्यममा कार्यरत्त थारु सञ्चारकर्मीहरुलाई भेलामा सहभागी हुने जनाइएकाे छ।

नारायणगढकाे शहिदचाेक र पुलचाेककाे बीमा दक्षिणतर्फ रहेकाे सानिमा बैंक रहेकाे शाखा बाटाेबाट सिधा दक्षिणतर्फ खुद्रा तरकारी बजार कटेर हाेटल ह्याप्पी हाेममा पुग्न सकिन्छ। करिब दस वर्षकाे अनुभवपछि कृष्ण महताेले अाफ्नै एकल लगानीमा याे हाेटल गत असाेज ६ गतेदेखि सञ्चालनमा ल्याएका हुन्।

उनी भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुर, मेघाैलीका युवा हुन्। उनले सञ्चालनमा ल्याएकाे हाेटल ह्याप्पी हाेममा एसी, नन-एसी रूमहरू, ताताे वा चिसाे पानीकाे व्यवस्था, निशुल्क वाइफाइ, इन्टरकम, टिभी भएकाे एसी, नन-एसी रूमहरूकाे सुविधा छ । साथै रेष्टुरेण्ट सुविधा लगायत थारू खानाका परिकारहरू पाइन्छ ।

साैराहामा जंगल सफारीकाे प्याकेजका साथै मिनि कन्फरेन्स हल, यातायातकाे सुविधा र लण्ड्री सुविधा समेत हाेटल ह्याप्पी हाेममा पाउन सकिन्छ । हाेटल ह्याप्पी हाेम भरतपुर र नारायणगढ बजार भरिमा अादिवासी थारू युवाले सञ्चालनमा ल्याएकाे लज र रेष्टुरेण्ट दुवै सुविधासहितकाे एकमात्र हाेटल हाे । भविष्यमा मेघाैलीकाे रमणीय वातावरणमा एउटा सुविधासम्पन्न रिसाेर्ट सञ्चालन गर्ने कृष्ण महताेकाे उद्देश्य रहेकाे छ।

Leave a Reply

Your email address will not be published.