चुनावमा गएर थारु नेताहरु अधिकारविहीन संविधान स्वीकारे : लेखी

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले थारु मधेसी नेताहरु चुनावमा सहभागी भएर अधिकारविहीन संविधान स्वीकारेको बताएका छन्। राजपाको नवलपरासीमा आयोजित कार्यक्रम बिथोलिएपछि त्यसको सप्तरीमा विरोध प्रदर्शन गर्दै उनले थारु मधेसीहरु सानो सानो लोभमा परेको बताए।

‘सानो सानो लोभमा परेर थारु मधेसी नेताहरु चुनावमा सहभागी भएका छन्। यसले उनीहरु अधिकारविहीन संविधान स्वीकारेका छन,’ उनले भने। उनले राजपा थारु मधेसीको माग पूरा नभएसम्म अपुरो संविधान नमान्ने र चुनावमा पनि नजाने बताए।

लेखीले थरुहट थारुवान आन्दोलनको अजेन्डा नै भुलेर थारु नेताहरु चुनावमा होम्मिएको आरोप लगाए। ‘टीकापुर घटनामा बीसौं हजार थारुहरु बिस्थापित बनेका छन्। दर्जनौं घर जलाइएका छन्। निर्दोष थारुहरु जेल जीवन बिताइरहेका छन्। यस्तो बेलामा आन्दोलन गर्नुपर्ने

बेलामा थारु नेताहरु लोभलालचमा फसेँ,’ उनले भने।
उनले आन्दोलनमा भएको भए अहिले आन्दोलनकारीको ठूलो शक्ति निर्माण हुने उनले बताए।

Leave a Reply

Your email address will not be published.