दुवै मिर्गौला फेल भएका हरेराम महतोको अपिल, ‘कृपया मलाई बचाउनुहोस्’

कारी महतो, चितवन।
वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइवटै मिर्गौला फेल भएपछि उनी नेपाल फर्केका छन्। हालः उनी वीर हस्पिटल काठमाडौंमा डायलाइसिस गरिरहेका छन्।

गरिबीका कारण उनी चार वर्ष अगाडि केएल मेनपावर कम्पनीमार्फत बिदेसिएका थिए। साउदीमा उनी युनिभर्सल कोल्ड स्टोरको लागि ड्राइभिङ्ग काम गर्थे। हरेराम उच्च रक्तचापका कारणले दुवै मृर्गौला फेल भएपछि नेपाल फर्केका हुन्।

उनको पारिवारिक सम्पत्तिको नाममा पाँच धुर घडेरी र टिनले छाएको दुईकोठे घर मात्र छ। दुई छोरी र एक छोराका पिता हरेराम हरेराम महतोका श्रीमती र आमासहित ६ जनाको परिवार छ। परिवार पाल्नका लागि विदेशिएका महतोको स्वास्थ्य बिग्रिएपछि पनि उपचारका लागि कम्पनीले कुनै सहयोग नगरेको उनले बताए।

‘कम्पनीले केही पनि दिएन, मैले आफ्नै पैसाले टिकट काटेर नेपाल आएको हुँ,’ उनले बताए। उपचारका लागि निकै ठूलो रकम खर्च लाग्ने भएकाले उनलाई सहयोगी हातहरुको खाँचो छ। मृर्गौला प्रत्यारोपणको लागि उनका श्रीमती बिन्दु दराई महतो तयार भएपनि खर्च अभावका कारण उपचार गराउन असमर्थ छ।

मृर्गौलासम्बन्धी रोगको उपचारका लागि सरकारले छुट दिएपनि काठमाडौंमा बसेर उपचार गराउन उनलाई ठूलो आर्थिक समस्या इपरेको छ। मृर्गौला प्रत्यारोपण गरेर सामान्य जीवन यापन गरेका थुप्रै उदाहरणहरु छन्  उनी भन्छन्, ‘म पनि बाँच्न चाहन्छु, कृपया मलाई बचाउनु होस्।’

Leave a Reply

Your email address will not be published.