मीनराज चौधरीको ‘थरुहट आन्दोलन’ किताब लोकार्पण हुने

थरुहट नेता मीनराज चौधरीले थरुहट आन्दोलनमा आधारित किताब सार्वजनिक गर्ने भएका छन्। उनीद्वारा लिखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धी’नामक किताब बिहीबार राजधानीमा विमोचन हुनेछ।

उक्त किताबको विमोचन संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले गर्ने लेखक चौधरीले जानकारी दिए।

उनका अनुसार थरुहट आन्दोलनको दस्तावेजको रुपमा किताब लेखिएको हो। किताबमा नेपालका भएका थारु समुदायले गरेका आन्दोलन, आन्दोलनले उठाएको मुद्दा र उपलब्धीहरु समावेश छन्। ‘यो एक अनुसन्धानमूलक किताब हो। यसमा थारु समुदायले नेपालमा गर्दै आएका आन्दोलन र पाएको उपलब्धीको सबै इतिहास समेटिएको छ,’ लेखक चौधरीले भने।

कार्यक्रम बिहीबार भृकुटिमण्डपस्थित पर्यटन बोर्डमा हुने लेखक चौधरीले जानकारी दिए।