राम जानकी संरक्षण समितिमा रघुवीरप्रसाद थारु चयन

बाराको गढीमाई-५ बकुलियामा श्री राम जानकी मन्दिरको भेला सम्पन्न भएको छ। मन्दिरको संरक्षण समितिका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले मन्दिर संरक्षण समितिको नयाँ कार्यसमिति चयन गरेको छ। बैठकले रघुवीरप्रसाद थारुको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको छ।

उपाध्यक्षमा साबित्री शर्मा, सचिव उदयराज न्यौपाने, कोषाध्यक्ष मनोज चौधरी, सहसचिव लालबहादुर चौधरी, सदस्यहरुमा वैजनाथ चौधरी, सन्तोश राम, हरेराम विश्वकर्मा, सिकेन्द्र सहनी, कुमारी देबी, रन्जन चौधरी सर्वसहमतिले चयन भए।

त्यस्तै सल्लाहकारमा वीरेन्द्र चौधरी, असर्फी धामी, मोहित चौधरी, दिनेश चौधरी, सुरेन्द्र चौधरी, राजेन्द्र चौधरी, डमरु बिक चयन भए। बैठकबाटै समितिको कार्यभार जिम्मा लगाइएको थियो।

Leave a Reply

Your email address will not be published.