नवलपुरलाई प्रदेश नम्बर ५ मा नराखेसम्म थारुहरुले आन्दोलन चर्काउने

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको छ ।

आफ्ना माग सबै सम्बोधन नभए पनि जिल्ला टुक्राएर आफूहरुलाई प्रदेश नम्बर ५ बाट पनि अलग गरिएको भन्दै अहीलेको सीमांकन आफूहरुलाई मान्य नभएको थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले बताए ।

सांसद रुक्मिणी चौधरीले भुमीपुत्र थारुहरुको अधिकारका लागि राज्यसँग आफूहरु लडीरहेको बताउँदै संर्घष पुरा नभएको बताइन् । अधिकारका लागि सधै जागरुप हुन र पहिचान मेटाउने दुश्प्रयासका विरुद्ध एक भएर लाग्न समेत आग्रह गरीन् ।

थारु समुदायले जिल्लाको डण्डामा शान्तिपुर्ण प्रदशर्न गर्दै आफ्ना माग पुरा नभए कडाभन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.