बर्दिया राजापुरका भिकु थारु कर्णालीमा बेपत्ता

सी चराउन गएका बर्दियाको राजापुरका एक व्यक्ति कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । राजापुर नगरपालिका–११ अनन्तपुर का ५५ वर्षका भिकु थारु कैलालीको धनासिंहपुर–१ श्रीलंका भन्ने ठाउँ नजिकबाट कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
भैँसी चराउन गएका थारु सोमबार बेलुका कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बेपत्ता थारुको नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.