मन्त्रिपरिषद्वारा ५ सय ३७ कैदीलाई माफी गर्ने निर्णय

मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। असल आचारण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई संविधान दिवसको अवसरमा छोड्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषदले २ जना सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। अर्थका कृष्ण देवकोटालाई कामु सचिव र गृहका विनोद केसीलाई सचिवमा बढुवा गरेको उप-प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताए।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बारेमा ब्रिफिङ गरेका थिए। मन्त्रिपरिषदले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निचोड निकाले को छ।

Leave a Reply

Your email address will not be published.