कारी महतो/चितवन।
शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनको आयोजनामा आजदेखि चितवनको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत नारायणी नगरपालिकाको मेघौलीमा दिगो कृषिका लागि बायोडायनामिक (अर्गानिक) खेती तालिम सुरु भएको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पाँच दिनसम्म चल्ने उक्त तालिम जेठ १३ र १४ गते मेघौलीमा र १५ देखि १७ सम्म माडीमा सञ्चालन जनाइएको छ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सन्त बहादुर महतोको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा अतिथिहरु थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, थारु साँस्कृतिक संग्रहालय मेघौलीका उपाध्यक्ष हरिश्चन्द्र चौधरी, थारु शैक्षिक विकास संस्थाका अध्यक्ष सूर्यनारायण चौधरी, सचिव पतिराम महतोले थरुहट शहिदहरुको सम्झना स्वरुप कृषक तालिमका साथै अन्य तालिम गोष्टीहरु निरन्तर रुपमा आयोजना गरिरहनु पर्ने सुझाव दिएका छन्।
वर्तमान समयमा चितवनमा विषादीको अत्यधिक प्रयोगले मानव जीवनलाई नकारात्मक असर पारिरहेको अवस्थामा बायोडायमिक कृषि तालिमले कृषकहरुलाई अर्गानिक तरिकाले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई उर्जा पैदा हुने बताइएको छ।
कार्यक्रम शहिद कमल विपिन स्मृति प्रतिष्ठानका उपाध्यक्ष ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो। पाँच दिनसम्म चल्ने तालिमको सहजीकरण प्रशिक्षक सुदर्शन चौधरीले गर्ने जानकारी कार्यक्रम संयोजक ललितकुमार चौधरीले जानकारी दिए। ३५ जनाको लागि आयोजना गरिएको तालिम लिनका लागि ५५ जना कृषकहरुको उपस्थिति रहेको थियो।
कृषक तालिम पश्चात संस्थाले क्षेत्र नं. १ मा थारु महिलाहरुका लागि हस्तकला तालिम, जिल्ला स्तरमा पत्रकारिता तालिम र मोटर ड्राइभिङ्ग तालिम सञ्चालन गर्ने जानकारी कार्यक्रम संयोजक ललित कुमार चौधरीले जानकारी दिए।
