यसरी मनाइयो नयाँ वर्ष

New Year 2073 04

मुलुकभर आज नयाँ वर्षका रुपमा विसं २०७३ को पहिलो दिन हर्षोल्लासका साथ मनाइएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन आज विसंको पहिलो दिन नयाँ वर्ष मनाइएको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।

New Year 2073 01

एकथरी संस्कृतिविद् काठमाडौँको हाँडीगाउँमा राजधानी बनाई राज्य गरेका राजा विक्रमादित्यले नै विसं चलाएको मत राख्छन् । ती विक्रमादित्यले साँखुको बज्रयोगिनीमा तपस्या गरेको इतिहासकारहरु बताउँछन् । उनको टाउको अहिले पनि बज्रयोगिनीमा भएको विश्वास गरिन्छ ।

New Year 2073 03

नयाँ वर्ष प्रवेशका दिन आज उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड देखिन्थ्यो । बिहानै स्नान गरेर घरकोठा–आँगन सफा गरी मीठोमसिनो खाई साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गर्न मानिस व्यस्त थिए । मानिसले भूकम्प र नाकाबन्दी जस्ता कारणले गर्दा विसं २०७२ जस्तो नव वर्ष २०७३ साल नहोस् भनी एक आपसमा शुभकामना व्यक्त गरेका छन् ।

New Year 2073 05

विसंलाई सरकारी कामकाजलगायतका लागि मान्यता दिइएको छ । विसंलाई सरकारी मान्यता दिइएको देश नेपालमात्र हो । नयाँ वर्षको अवसरमा आज नेपाल टेलिकमको मोबाइलमा लाखौँको सङ्ख्यामा शुभकामना सन्देश आदानप्रदान भएको बताइएको छ ।

New Year 2073 02

Leave a Reply

Your email address will not be published.