मातृभाषालाई सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने

mother toungमातृभाषालाई सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । आइवार सहयोग समाज नेपाल दाङको आयोजनामा तथा भाषा विकास केन्द्र काठमाडौंको सहयोगमा बिजौरीमा भएको १७औं अन्तर्राष्ट्रिय मातृ भाषा दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएका हुन्। भाषा लोप हुनु भनेको कला, संस्कृति लोप हुनु हो त्यसैले यसको विकास गर्नलाई मातृभाषामा प्राथमिक शिक्षामा अध्यापन गराउनु आवश्यक रहेको बातएका थिए।

 कार्यक्रमलाई सम्बोधन गर्दै विजौरी गाविसका सचिव कमल बहादुर घर्तीले जुन ठाउँ जुन भाषा बोलिन्छ, त्यही भाषामा प्राथमिक तहसम्म अध्ययापन गराउनुपर्ने कुरामा जोड दिए। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको घर्तीले मातृभाषालाई कार्यान्वयनमा ल्याउनको लागि सरकारी कामकाजमा स्थानीय तहबाट सुरु गर्नुपर्ने बताएका थिए।

उनले भने, ‘अहिलेको समयमा धेरैभाषा सिक्न आवश्यक रहेकोले गाउँघरमा कामकाजलाई सहज बनाउको लागि मातृभाषा आवश्यक छ।’ भाषाकै कारणले गाउँघरम काम गर्न कठिन छ, स्थानियहरुको भाषामा काम गर्दा सजिलो हुने भएकाले मातृभाषाको ज्ञान अनिवार्य रहेको घर्तिले बताए।

‘यसरी गरी कार्यक्रममा विश्वका भाषालाई अंगाल्नुपर्छ तर आफ्नो मातृभाषाइला विर्सनुहुँदैन,’ साहित्यकार कृष्णबहादुर डाँगीले भने, ‘आदिवासी जनजातिको अधिकारलाई स्थापित गर्नको लागि भाषा संरक्षणको पनि अतिआवश्य छ। सबैको भाषालाई सम्मान गनुको लागि राज्यले हरेक विद्यालयमा बहुभाषा संगसंगै बहुभाषिक शिक्षकको व्यस्थापनि गर्नुपर्ने डाँगीले बताए।

त्यसैगरि बुद्धिजीबी कुलविर चौधरीले मातृभाषाको संरक्षणको लागि मातृभाषालाई स्थानीय निकायमा सरकारी कामकाज बनाउनुपर्नेमा जोड दिए। राज्यले मातृभाषालाई प्राथमिक्ता नदिएकैकारणले आदिवासी जानजातिहरुको मातृभाषा लोपभइरहेकाले यसविषयमा राज्य गम्भिर भएर लाग्नुपर्ने बताए। ‘भाषा लोप हुनु भनेको कला, संस्कृति लोप हुनु हो, एक हिसावले आफ्नो पुर्खाहरुको सम्पत्ती सकिनु हो,’ चौधरीले भने।

सहयोग समाज नेपाल दाङको अध्यक्ष खोपिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय अगुवा डिल्ली वहादुर रावत, सिड नेपालका लवरु चौधरी, शिक्षक लिलाधर गौतम लगायत, पत्रकार सन्तोष दहित लगायतले बोलेका थिए।

सहयोग समाज नेपालका कोषाध्यक्ष भरत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजको सल्लाहकार गद्दुलाल चौधरीले गरेका थिए। कार्यक्रममा मातृभाषाको सम्भावना र चूनौति विषयक कार्यपत्र बुद्धिजीवी कुलविर चौधरील प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published.