नयाँ शक्तिको अनुसन्धान विभागमा सुरेन्द्र चौधरी

Surendra Chaudharyनयाँ शक्ति अभियानको अन्तरिम केन्द्रिय परिषद बैठकले जिम्मेवारी विभाजन गरेको छ। दुई दिनसम्म चलेको बैठकले ५१ सदस्यीय सचिवालयको समेत गठन गरेको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।
प्रदेश अनुसार जिम्मेवारी तोकिएको छ। जस अनुसार प्रदेश नं. १ मा राजेन्द्र किराती, प्रदेश नं. २ मा रामचन्द्र झा, प्रदेश नं. ३ मा वलावती शर्मा, प्रदेश नं. ४ मा देवेन्द्र पराजुली, प्रदेश नं. ५ मा वामदेव क्षेत्री, प्रदेश नं. ६ मा भक्त वहादुर शाह, प्रदेश नं. ७ मा लिलादेवी भण्डारीलाई संयोजक तोकिएको छ।

यस्तै आंगिक संगठनहरुको संयोजनको जिम्मेवारी कुमार पौडेलले पाएका छन्। राष्ट्रिय मोर्चा संयोजनको नेतृत्व रामकुमार शर्माले गर्ने छन्। पेशागत संगठन संयोजनको जिम्वारी डा. प्रविण मिश्रलाई दिइएको छ।

विभिन्न विभागहरु निर्माण गर्दै त्यसको लागि पनि बैठकले संयोजक तोकेको छ। जस अन्तर्गत राजनैतिक विभागको नेतृत्व बाबुराम भटटराईले नै गर्ने छन्। सचिवालय व्यवस्थापन तथा अनुगमन विभागमा केशव दाहाल रहेका छन्। यस्तै संगठन विभाग संयोजकमा देवेन्द्र पौडेल, प्रशिक्षण विभागमा डम्वर खतिवडा, आर्थिक तथा सुशासन विभागमा रामेश्वर खनाल, सूचना तथा संचार विभागमा मुमाराम खनाल, अन्तराष्ट्रि विभागमा नवराज सुवेदी, उत्पादन तथा दिगो विकास विभागमा मदन राई, सामाजिक अभियान विभागमा पासाड शेर्पा र नीति अध्ययन तथा अनुसन्धान विभागमा सुरेन्द्र चौधरी छन्।

महिला विभागको जिम्मेवारी कल्पना धमलाले पाएकी छन्। सांस्कृतिक विभागमा अशोक शर्मा, सहित तथा वेपत्ता परिवार र घाईते अपांग विभागमा हिसिला यमी, सहकारी तथा स्वरोजगार विभागमा डा. प्रदिपमान तुलाचन, कृषी तथा भूमि मामला विभाग डा. दिल वहादुर गुरुङ, उद्योग, वित्त वाणिज्य तथा पर्यटन विभागमा डा. केशव मान शाक्य, गैरसरकारी संस्था विभागमा दुर्गा सोव, प्राकृतिक विपद व्यवस्थापन विभागमा रिषवदेव भटटराई छन्।

त्यस्तै स्वास्थ्य तथा योग साधना विभाग डा. जितेन्द्र महासेठ, युवा तथा खेलकुद विभागमा गंगा श्रेष्ठ, शिक्षा विभागमा डा. राजेन्द्र केसी, सुरक्षा विभागमा नारायण राज पाण्डे, जलश्रोत तथा उर्जा विभागमा हरिराम कोईराला, प्राकृतिक श्रोत साधन विभागमा व्रज किशोर यादव, कानुन तथा मानवअधिकार विभागमा मुक्ति प्रधान रहेका छन्। नयाँ शक्ति अभियानको प्रवक्ता खिमलाल देवकोटालाई तकोकिएको छ।

यस अघि वैठकले अभियन्ताहरुकालागि ३० बुँदे आचारसंहिता तयार पारिसकेको छ।

Leave a Reply

Your email address will not be published.