नामको अगाडि राजदूत जोडिँदा पीडाबोध हुन्छ : विजयकान्त कर्ण

 BijayKant Karna

पूर्व राजदूत तथा अधिकारकर्मी विजयकान्त कर्णले आफूले जीवनमा दुईवटा गल्ती गरेको बताएका छन्। पहिलो राजदूत भएर र दोस्रो मालेमा लागेर गल्ती गरेको भन्दै कर्णले आत्मलोचना गरे। ‘मैले जीवनमा दुई वटा ठूला गल्ती गरेँ। पहिलो राजदूत भएर, दोस्रो मालेमा लागेर। त्यसप्रति आत्मलोचना गर्न चाहन्छु। मैले २०४३ सालमा माले छाडेको थिएँ, जुन अहिलेको एमाले हो। बाँकी जीवन मधेसी/थारूको अधिकारका निम्ति सुम्पिनेछु,’ थारु कल्याणकारिणी सभाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भावुक हुँदै कर्णले भने।

उनले आफूलाई नामको अगाडि राजदूत नजोड्न आग्रहसमेत गरे। ‘मेरो नामको अगाडि राजदूत जोडिँदा मलाई पीडाबोध हुन्छ। तसर्थ मलाई बोलाउँदा मेरो नामको अगाडि पूर्वराजदूत नजोडी दिनुहोला,’ उनले भने।

Tha Ka Sa Lahan Vela

उनले थारु मधेसीले कसैको भाग नखोसेको बरु आफ्नो भागमात्र मागेको स्पष्ट पारे। कार्यक्रममा कर्णले भने- टीकापुरमा थारू युवाहरूमा सुनौलो भविष्यको सपनाको आक्रोश देखेको थिएँ। टीकापुर घटना त्यही आक्रोशको उपज थियो। ती युवाहरूलाई सलाम गर्न चाहन्छु। त्यो शक्तिलाई मर्न दिनु हुँदैन। सबै पीडितहरूको एउटा शक्ति निर्माण गर्नुपर्छ।’

उनले शासकहरुले थारुको रगतमाथि पौडी खेलेर आफ्नो अभिस्ट लक्ष्य पूरा गर्ने गरेको बताए। त्यस्ता तत्वबाट थारुहरु सचेत हुनुपर्ने उनको भनाई थियो। ‘हामी कसैको पिछलग्गु बन्ने हैन, हाम्रो पिछलग्गु अब तिनीहरुलाई बनाउनुपर्छ।

उनले अब आफ्नो लागि लड्नुपर्ने बेला भएको बताए। ‘कसैको लोभलालच र भ्रममा बस्नु भनेको आफ्नो घरमा आफैँले आगो लगाउनु हो। त्यसकरण त्यस्ता भ्रमबाट बचौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published.