कैलाली कञ्चनपुरकाे थारू बाहुल्य क्षेत्र हेरफेर हुनसक्छ : दाहाल

pushpa_kamal_dahal--621x414

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्ने बताएका छन्। क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसी र थारुहरुसँग नयाँ सहमति गर्न सीमांकन हेरफेर हुने बताए।

कैलाली र कन्चनपुरको थारु बाहुल्य क्षेत्रको सीमांकन हेरफेर गर्न सकिने उनको भनाइ छ।

मधेसवादी दलहरुसँगको वार्ता सकारात्मक बन्दै गएकाले सोमबारसम्म लिखित सहमती हुने उनले जानकारी गराए।

‘सीमांकन हेरफेर, संविधान संसोधन लगाएतका सबै बिषयमा आन्दोलनरत दलहरुको मागलाई दृष्टिगत गरेर सहमति खोज्ने प्रयास भईरहेको छ,’ प्रचण्डले भने, ‘हाम्रो पार्टीका महासचिव कमरेडलाई लचिलो भएर पेस हुन निर्देशन दिएको छु। सहमति भयो भने नाका खुल्छ।’

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वन र भूकम्प पछिको पुनर्निर्माणका लागि सबै दल सम्मिलित राष्ट्रिय सहमतिको सरकार आबश्यक रहेको बताए। कांग्रेस नेताहरुसँग पनि राष्ट्रिय सरकार बनाउने बिषयमा छलफल चलिरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.