दाङको पत्रकार महासंघमा दुई थारु निर्वाचित

दाङ- नेपाल पत्रकार महासंघ दाङ शाखाको नवौं जिल्ला अधिवेशनबाट दुई थारु पत्रकारहरु सदस्यमा अत्यधिक मत ल्याइ निर्वाचित भएका छन्। थारु पत्रकार संघ दाङका अध्यक्ष समेत रहेका सन्तोष दहित आफ्नो प्रतिद्वन्द्वीलाई भारी मतले पछाडि पार्दै सदस्यमा निर्वाचित भएका हुन्। दहित थारुवानकर्मी पनि हुन्।
त्यसैगरी महिला सदस्यमा थारु पत्रकार संघ दाङको सचिव सुनिता चौधरीले पनि आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै जिल्ला सदस्यमा निर्वाचित भइन्। महासंघमा छविलाल चौधरी ‘कोपिला’ पनि केन्द्रीय पार्षमा निवाचित भएका छन्।
दाङको पत्रकार महासंघको कार्यसमितिमा ३ जना थारु पत्रकार सहभागी भएको यो पहिलो पटक हो।
१७ सदस्यीय कार्यसमिति रहेको महासंघको कार्यसमितिको अध्यक्षमा सुदिप गौतम, उपाध्यमा लक्ष्मी आचार्य, सचिवमा गजेन्द्र वोहरा, सहसचिवमा दिल्ली मल्ल, कोषाध्यक्षमा रोशनमा श्रेष्ठ, सदस्यहरुमा निमुसंगम घर्ति, जनक नेपाली, प्रशान्त वली, गोकर्ण पौडेल, राघेश्याम गुप्ता, रिता लामा, बालाराम खड्का,गोपाल शर्मा भट्टराई, बिमल गौतम, आरके शितल विजयी भए।

Leave a Reply

Your email address will not be published.