अभिनेत्री रेखा थापाई रेशम चौधरीद्वारा किताब उपहार

अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन्। भेटमा थापा र चाैधरीले राजनीतिसँगै कलाकारिताको बारेमा कुराकानी गरेका थिए। चौधरीले जेल भोगाइका क्रममा टीकापुरको घटनालाई लिएर लेखेको पुस्तक ‘टीकापुर घटनाको चिरफार’ नायिका थापालाई उपहार प्रदान गरेका थिए।

भेटपछि थापाले भनिन्, ‘रेशम दाइमाथिको मुद्धा अदालतले छिनोफानो गरिसकेको छ। हामी कानूनी राज्यको नागरिक भएका नाताले यसलाई सम्मान गर्छौं। तर, दबिएका, दबाइएका र पछाडि पारिएको समुदाय र वर्गको बारेमा निरन्तर आवाज मुखरित गर्ने उहाँ जस्ता व्यक्तिहरूमाथि राज्यले हेर्ने नजर फराकिलो नभएको पक्का हो।’

 तस्बिर: धनराज वास्तविक

Leave a Reply

Your email address will not be published.