कारी महतो/चितवन।
सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । आज छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।
खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीमा सहभागी भएका कृषकहरु आज खिचरा महोत्सवको स्टेजबाट पुरस्कृत भएका छन् । ८० जना कृषकहरुलाई रु ७३ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ । १०÷१० कृषकहरुले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गर्नुका साथै ५० जना कृषकहरुलाई शान्तवना पुरस्कार प्रदान गरिएको छ ।
<iframe src=”https://www.youtube.com/embed/uvKRNemZDqQ” width=”801″ height=”251″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”><span data-mce-type=”bookmark” style=”display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;” class=”mce_SELRES_start”></span></iframe>
प्रथम, द्वितीय र तृतीय र शान्तवना पुरस्कार स्वरुप क्रमशः जनही दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सयका दरले पुरस्कार वितरण गरिएको महोत्सवका कोषाध्यक्ष भिखु चौधरीले जानकारी गराएका छन् । त्यस्तै हिजो भएको भेटरान दौडका पुरस्कार पनि दावा लामाले वितरण गरेका छन् ।