खिचरा महोत्सव : स्वुप्न सुमनले फ्यानहरुलाई रुवाए

कारी महतो/चितवन।
खैरहनी नगरपालिकाको गौचरनमा जारी खिचरा महोत्सवमा युवाहरुमाझ निकै चर्चित गायक स्वुप्न सुमनले आफ्ना फ्यानहरुलाई रुवाएका छन् । उनले गीत गाउँदा उनका फ्यानहरुले आँखामा आँसु लिएर रुन्चे हाँसो सहित उनलाई साथ दिएका थिए । उनले एक दर्जन भन्दा बढी गीत गाएका थिए ।

आज मिस्टर एण्ड मिस थारु २०१८ का अन्तिम प्रतिस्पर्धीहरुले विभिन्न किसिमका थारु पहिरनमा ¥याम्प शो गरेका छन् । १८ जनाका टिमले थारु भेषभुषाहरुलाई कलात्मक रुपमा प्रस्तुत गरेका थिए । मिस नेपालका विभिन्न विधामा उपाधि जितेका सुन्दरीहरु रोनाली अमात्य, अंशु केसी, रोशनी खत्री, निश्मा चौधरी, वर्षा लेखी लगायतले आज महोत्सव अवलोकन गरेका छन् । महोत्सवको स्टेजमा समेत उनीहरुको उपस्थिति रहेको थियो । आयोजक समितिले सुन्दरीहरुलाई चिचरको पोका अंकित मायाको चिनो उपहार प्रदान गरेका छन् ।

खिचरा महोत्सव परिसरमा केयर पोलिक्लिनिक पर्साले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । भोलि चर्चित लोकगायक पशुपति शर्मा, सुशीला सारुमगर, निकिता थारु र रेन चौधरी महोत्सवको मुख्य आकर्षण हुने साँस्कृतिक संयोजक जयस चौधरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.