शपथग्रहणको तीन दिनपछि थाकसले भन्यो- ‘रेशमलाई संसद बैठकमा सहभागी गराऊ’

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको शपथ ग्रहणको स्वागत गर्दै संसदमा सहभागी गराउन माग गरेको छ। सभाले शपथपछि जेल लगिएको भन्दै भर्त्सनासमेत गरेको छ। ‘ निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधि सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तलाई उपहास गरी, जनमत समेतलाई अबमूल्यन गर्दै पुनः जेल लगिएको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्दछौं,’ महामन्त्री प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

सभाले थरुहट आन्दोलनको माग मुद्दालाई सकारात्मरुपमा लिँदै संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न र टीकापुर घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश श्री गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरेको छ।

प्रेस विज्ञप्ती
२०७४ साल मंसीर महिनामा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यका लागि ३४,३४१ भारी मत प्राप्त गरी निर्वाचित हुनु भएमा माननीय रेशम लाल चौधरीलाई सम्माननीय सभामुख ज्यूले २०७५ पौष १९ गते पदीय तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकोमा थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिले यसलाई केही हदसम्म सकारात्मक रुपमा लिएको छ । निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधी सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तलाई उपहास गरी, जनमत समेतलाई अबमूल्यन गर्दै पुनः जेल लगिएको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्दछौं ।

आत्मसम्मान, पहिचान, अधिकार, विकास र संविधान संशोधनको मुख्य सवाल बनाई शान्तिपूर्णरुपमा भइरहेको थरुहट÷थारुवान आन्दोलनलाई टीकापुर घटनासंग सुनियोजित रुपमा सरकारले जोडेर थरुहट आन्दोलनकर्मी नेता रेशमलाल चौधरी, लक्ष्मण थारु, लाहुराम चौधरी लगायत दुई दर्जन भन्दा धेरै नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाइ विगत तिन वर्ष देखि राजबन्दी बनाइएको अवस्था छ । शान्तिपूर्ण रुपमा राजनीतिक अधिकार प्राप्तीका लागि भइरहेको चरणवद्ध संघर्षको क्रममा निर्दोष थरुहट नेता तथा कार्यकर्ताहरु माथि षड्यन्त्रपूर्वक लगाइएको झुठा मुद्दा तथा अभियोगलाई सरकारले राजनीतिक घटनाको रुपमा लिदै राजबन्दीहरु माथि लगाइएको झुठा मुद्दा फिर्ता तथा खारेज गरी बन्दी रिहाई एवं प्र्रतिनिधी सभा सदस्यमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित जनताका जनप्रतिनिधी सांसद मा. रेशम लाल चौधरीलाई लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्त अनुसार जनमतको कदर गरी प्रतिनिधी सभामा सक्रिय भूमिका खेल्ने वातावरण बनाउन सरकार संग जोडदार माग गर्दछौं ।

अन्त्यमा सरकाले थरुहट आन्दोलनको माग मुद्दाहरुलाई सकारात्मरुपमा लिदै संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न र टीकापुर घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश श्री गृस चन्द्र लालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछौं । हाम्रो मागलाई सरकारले नजरअन्दाज गरी बेवास्ता गरे कडा मूल्य चुकाउने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत अवगत गराउन चाहन्छौं ।

प्रेमी लाल चौधरी
महामन्त्री

Leave a Reply

Your email address will not be published.