ठुम्रारको ६६औं श्रृंखला सम्पन्न, ‘मनके बह’ विमोचन

प्रत्येक महिनाको अन्तिम शनिबार थारु भाषामा हुने ठुम्रारको ६६औं श्रृंखला कीर्तिपुरको बरघर रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

सो अवसरमा पूर्व राज्यमन्त्री तथा थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) को प्रधान सम्पादक रहेका महेश चौधरीले भने, ‘केन्द्रीय राजधानी जस्तो ठाउँमा नियमित श्रृंखला चलाएर मातृभाषाको संरक्षणमा टेवा दिदै गरेकोमा युवाहरुले गर्वलायक काम गरेका छन् ।’ उनले आफूहरुको सपना वर्तमान पिढीले सम्हालेकोमा सराहना गरे । सांसद मेटमणि चौधरीले हाम्रो भाषा, संस्कृतिको संरक्षणमा सरकारबाट सहयोग भएन भनेर गुनासो गर्नुभन्दा आफै अघि सर्न आह्वान गरे ।

कार्यक्रममा निशा चौधरी, शर्मिला चौधरी, विष्णु थारु, एन्जल कुश्मी, हिटलर चौधरी, अर्णव चौधरी, अशोक फत्तेपुरिया, नन्दुराज चौधरी, बाबुराम चौधरी, सिर्जना चौधरी, दामोदर ढकाल, निरज चौधरी, कृष्णराज सर्वहारी, अमित दहित, लगायतले रचना वाचन गरे । कार्यक्रममा पुनाराम कर्याबरिक्काको सम्पादनमा प्रकाशित ४६ जना कविको संयुक्त मुक्तक संग्रह ‘मनके बह’ पनि विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.