कपिलवस्तु विजयनगरका थारूहरू मोवाइलको टावर खोज्दै

कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका १ जौवावैराठका स्थानीयलाई सञ्चार सेवा लिन समस्या पर्ने गरेको छ । घरमा मोबाइल फोन भएपनि नेटवर्क नआउँदा अझै सञ्चारसेवामा समस्या हुने गरेको हो । जसले गर्दा राज्य बाट प्राप्त हुने अन्य सेवाहरु समेत पाउन गाह्रा भएको स्थानीय बताउँछन् ।
स्थानीय कृष्णवहादुर चौधरीेले घरको छानामा २ वटा मोवाइल झुण्डाएर राखेका छन् । झुण्ड्याएर राख्दा मोबाइलमा नेटवर्क आउने र फोनमा बोल्न पाइने उनी बताउँछन् । जसो तसो झुण्ड्याएका बेला फोन आइहाल्यो वा गर्नुपर्यो भने डाँडा तिर गएर कुरा गर्ने गरेको उनले बताए ।

भारतीइ सीमा समेत रहेको यस वस्तीमा करिव १ सय ५० घरधुरी छन् । जिल्लाकै पछाडि परेको यस वस्तीमा स्थानीयहरु सञ्चारको पहुँचबाट टाँढा रहँदा समेत सम्बन्धित निकायल ध्यान दिन सकेको छैन । सोही गाउँमा बस्ने प्रजापती चौधरीले पनि मोवाइलमा टावर नआउँदा समस्या हुने गरेको वताए । ‘धेरै पटक विभिन्न व्यक्ति तथा निकायलाई आग्रह गर्यौ तर कसैले वास्ता गरेनन्’ उनले भने ।

चौधरी समुदायको वाहुल्यता रहेको उक्त वस्तिमा होमस्टे संचालनको काम तीव्र रुपमा अघि बढीरहेको छ । अहिले स्थानिय तहले होमस्टे सञ्चानको कामलाई अघि बढाएको हो । सडकको समस्याले विकासमा पनि पछि परिरहेको उनीहरु बताउँछन् । बर्षादको समयमा बजार, विद्यालय तथा स्वाथ्य संस्थामा समेत जान निकै कठिन हुने गरेको स्थानीहरुको गुनासो छ ।

स्थानीयहरु अहिले विद्युत अभावका कारण अन्धकारमा बस्न वाध्य छन् । विभिन्न निकाय सरोकारवाला निकायहरुलाई सञ्चारमा पहुँच पुर्याउन आग्रह गरेका छन् । गाउँपालिकाले होमस्टे संचालन गरिरहँदा स्थानीयहरु टुकी बालेर बस्न बाध्य छन । विजयनगर गाउपालिकाले यस वर्ष गाउँ विकास तथा होमस्टे संचालनको लागि २० लाख वजेट छु्टाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताए ।

-डिलाराम भुसाल/नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published.