दाङ क्षेत्र नम्बर ३(क)मा कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। उनले १७०३६ मतसहित विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी माओवादीका जगप्रसाद शर्माले १४७०० मत प्राप्त गरे। चौधरीलाई कांग्रेसबाट प्रदेश ५ मा मुख्यमन्त्रीको रुपमा हेरिएको थियो।
जीतपछि चौधरीले जनताको हितमा र लोकतन्त्रको संस्थागत विकास तथा सुदृढिमा आफ्नो ५ वर्ष विताउने बताएका छन्।