आपाङ्ग बालबालिकालाई थारु महिला उत्थानको न्यानो कपडा

सुनिल चौधरी/सुनसरी।
थाारु महिला उत्थान समाज रामधुनीले कला संस्कृतिको संरक्षणमात्र हैन समाजमा रहेका लक्षित बर्गलाई सम्मान तथा सहयोग गर्दै आएको छ । उनीहरुलाई केहिमात्र सहयोगले जिवन परिवर्त हुन्छन् भन्ने उधेश्यले समाज परिवर्तकैलागी समाज सेवामा लागेका छन् ।

यसै क्रममा उत्थान समाजले बुधवार एक कार्यक्रमबीच रामधुनी वडा नं. ३ स्थित रहेको जनता माबि सिंगीया स्कुलमा अध्यनरत २१ जना बौद्धिक आपाङ्ग बालकालिकालाई न्यानो कपडा र स्टेसनरीका सामान बितरण गरेको छ ।

देउसी भैलोबाट संकलन गरेको रकम उत्थान समाजले एकादशीको अवसर पारेर बितरण गरेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताइन् । समाजले एकादशीमा साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस बर्ष समाजमा फरक काम गर्ने उद्देश्यले बितरण गरेको हो । हुन त उत्थान समाजले माघि,जितिया,एकादशीको सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरीक, दृष्टिविहीन, आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई रकम हस्तान्तरणगरी सहयोग गर्दै आएको छ । संस्थाले बाढि पिडितलाई समेत ततकालै राहत बितरन गरेको थियो ।

सो बितरण कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ वडा अध्यक्ष राजकुमार चौधरीले बोल्दै थारु महिला उत्थान समाजले गरेको काम राज्य स्तरकै रहेको भन्दै यस किसिमका कामले उत्थान समाज गहनाकै रुपमा रहेको बताए । सोही बिध्यालयका प्रध्यानाध्यापक राजेन्द्र पौडेलले उत्थान समाजले उदाहरणीय काम गरेको भन्दै यस्को सगठन अधिराज्यभरी बिस्तारको कामना गरे ।

छात्र छात्रागरी २१ जना कठिन प्रकृतिका बौद्धिक आपाङ्ग बालकालिका बिध्यालयमा अवासीय सहित अध्यनरत छन् । न्यानो कपडा बितरणले बिध्यालयकै खुसी अनुहार भएको भन्दै आपाङ्ग बालकालिकामा ब्यवहार परिवर्त भई उनीहरलाई मानसिक स्थिरता हुने सह प्रध्यापक देवनारायण मेहताले समाजलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम समापन गर्दै समाजकी अध्यक्ष सिता चौधरीले थारु महिला उत्थानले सबै जातजाती समेटेर अगाडि बढ्ने बताउदै थारु महिलाहरु शिक्षित छन् तर घरमै बस्नु पर्ने बाध्यता रहेकाले यस संस्था मार्फत थारुलाई मात्र हैन सबै समुदायको उत्थानकालागी सबै खुडकीलो पार गरी महिलाहरु लक्ष्यमा पुग्ने बताइन् ।

त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष मनेष चौधरी, फोनिज अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, थारु युवा समाज बलहाका अध्यक्ष रोहित चौधरी, दिलिप चौधरी लगायतका बत्ताले उत्थान समाजको कार्यक्रमहरु उत्कृष्ट रहेकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published.