नयाँ शक्तिबाट कृष्णकुमार चौधरी कैलाली र दानबहादुर चौधरी कपिलवस्तुबाट उठ्दै

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

पार्टीको संघीय सचिवालयको विस्तारित बैठकले गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको हो। यस अघि नयाँ शक्ति वाम गठवन्धनमा रहेर सूर्य चिन्हबाट निर्वाचनमा जाने घोषणा गरेको थियो।

‘आँखा चुनाव चिन्ह लिएर चुनावमा जाने निर्णय गरेका छौं,’ नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले भने, ‘तर नयाँ शक्तिले वाम गठवन्धन छोडेको छैन।’

संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने नयाँ शक्तिले निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने समेत पार्टीले घोषणा गरेको छ।

यस्तै डा. बाबुराम भट्टराई – गोरखा–२, कृष्णकुमार चौधरी – कैलाली–३, दानबहादुर चौधरी – कपिलबस्तु–१, प्रेम तामाङ – रसुवा र मदन राई – खोटाङ बाट उम्मेदवार हुने समेत पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.