सप्तरी सुरुङ्गा नगरपालिकाकी एक अब्बल उम्मेदवार

उनी एक महिलामात्र होइनन्, शिक्षाका मार्गदर्शक पनि हुन्। उनी एक आमामात्र होइनन्, समाज परिवर्तन गर्ने अठोट बोकेकी समाजसेवी पनि हुन्। परिवारका सदस्य नै राजनीतिमा होम्मिएकाले बुझ्ने उमेरदेखि नै उनी राजनीतिबारे चासो लिने गर्थिन्। टोल छिमेकमा हुने समाजिक काममा अग्रसरता लिन्थिन्।

विद्यार्थी नेतृदेखि देशकै चौथो अंगको रुपमा रहेको पत्रकारितामासमेत उनले आफ्नो छबि कायम गरिन्। उनी कोही नभएर सप्तरीको सुरुङ्गा नगरपालिकाका मेयर उम्मेदवार ३५ वर्षीय गीता चौधरी हुन्। उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी हुन्।

नवलपारसीमा जन्मिएका उनको विवाह सप्तरी भएको हो। काठमाडौंमा समेत बसोबास गर्ने उनी स्कुलका प्रिन्सिपल पनि हुन्।
उनले आफूलाई एक अब्बल उम्मेदवारको रुपमा सुरुङ्गा नगरपालिकामा उभ्याएका छन्। जेन्डर स्टडिजमा स्नातकोत्तर गरेकी उनले समाज परिवर्तन गर्ने अठोट पनि लिएकी छन्। भन्छिन्, ‘देश परिवर्तन हुन समाज परिवर्तन हुन जरुरी छ। देशको आर्थिक स्मृद्धि हुन गाउँको आर्थिक समृद्धि हुन जरुरी छ। तसर्थ गाउँ समृद्ध बनाउने मेरो प्रमुख दायित्व रहन्छ।’

उनले उम्मेदवारी दिएको सुरुङ्गा नगरपालिकामा प्रमुख दलले पनि थारु उम्मेदवारलाई उठाएको छ। कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपाले समेत थारु उम्मेदवार उठाएको छ । थारु थारुबीच लडिरहँदा जितको सम्भावना के देख्नुभएको छ? भन्ने प्रश्नमा उनी थप्छिन्, ‘एक जमाना थियो। मानिसहरु भोजभतेरकै भरमा भोट हाल्थिन्। अरुले भनसुन गरेकै भरमा भोट दिन्थिन्। अहिलेका जनता सचेत छन्। राम्रो नराम्रो छुट्याउन जान्दछन्। राजनीतिक दलले बनाएका प्रतिबद्धता पत्र पढ्ने र बुझ्ने भएका छन्। त्यही भएर उनीहरु एक अब्बल उम्मेदवार चुन्छन्। जो राजनीतिक, समाजिक र शैक्षिक हिसाबले पनि अब्बल होस्।’

उनले लोकतान्त्रिक प्रकृयामा हारजित समान्य भएपनि आफूलाई एक सशक्त उम्मेदवारको रुपमा प्रस्तुत गरेको बताइन्।

हेर्नुस् चौधरीले सुरुङ्गा नगरपालिकाबासीलाई गरेको प्रतिबद्धतापत्र।

Leave a Reply

Your email address will not be published.