जिसस बर्दियाको सभापतिमा शंकर चौधरी विजयी

जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्। सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निवाचित भएका छन्।

एमालेबाट शान्ति चौधरी, धनबहादुर सुनार र राम सुमिधन यादव निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। गठबन्धनमा १२ र ४ कांग्रेसका मतदाता थिए । जिल्ला समन्वय समितिमा माओवादी र एमाले गठबन्धनको संयुक्त प्यानल विजयी भएको हो ।

८ वटा स्थानीय तह रहेको जिल्लामा ७ माओवादी केन्द्र,५ एमाले र ४ नेपाली काग्रेसको गरि १६ जना मतदाता थिए।

Leave a Reply

Your email address will not be published.