आर्मीका जवानद्वारा गोपाली चौधरीमाथि निर्घात कुटपिट

आर्मीका जवानले आफ्नै भाउजुलाई निर्घात कुटपिट गरेका छन्। बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरका घर भई नेपाली सेनाको दुर्गाबक्स गण रसुवा धुन्चेमा दर्वन्दी रही पूर्वाञ्चल पृतना मेडिकल गण इटहरीमा कार्यरत उत्तिम चौधरीले भाउजु गोपाली चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्।

घर बिदामा आएका उनले साँधसिमानाको विषयलाई लिएर छलफल गर्न बोलाई अभद्र व्यवहार गर्दै चिर्पट र भाटाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

देवरको कुटाइबाट बेहोस भएकी गोपालीको उपचारको लागि नेपालगञ्जस्थित नर्सिङ होममा भर्ना गरिएको माइला ससुरा धनराज चौधरीले बताए। डाक्टरका अनुसार गम्भिर घाइते भएकी गोपालीको चार वटा दाँत भाच्चिएका छन्।

गोपालीको टाउकोमा गम्भिर चोट लोगेकाले तत्कालै अप्रेशन गर्नुपर्ने सम्बन्धित डाक्टरले सुझाव दिएका छन्। भौतिक आक्रमण गर्ने चेतावनी दिँदै आएका उत्तिमराजले डेढ वर्षअघि दाजुलाई समेत निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

पीडित पक्ष अहिले न्यायको लागि प्रहरी र नेपाली सेनाको प्रशासनलगायत मानव अधिकारको सेलमा दौडिरहेको उनका श्रीमान भोजराज चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.