कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन्। जर्मनीमा आयोजित एक समारोहमा उर्मिलाले इन्टरनेशनल ह्युमन राइट्स अवार्डबाट सम्मानित भएकी हुन्। 

आफैँ पनि धेरै वर्ष अरुको घरमा कमलरी बसेकी दाङकी उर्मिलाले पछिल्लो समय मुक्त कमलरी विकास मञ्चमार्फत् कमलरीहरुको हकहितको विषयमा काम गर्दै आएकी छन्।

हालसालै उनको दासत्व  जीवनबारे वृत्त चित्र पनि बनेको छ। जुन विभिन्न समारोहमा अवार्ड पनि जित्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published.