टीकापुरको मेयर उपमेयर दुवैमा नेपाल लोकतान्त्रिक फोरमको अग्रता

टीकापुर नगरपालिकाको हालसम्म पाँच सय मत गणना सम्पन्न भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवात गरेको छ।

प्राप्त मत परिणाम अनुसार फोरमका मेयर पदका उम्मेदवार लौटन चौधरीले ३१० र उपमेयर पदका उम्मेदवार सुदेशनी चौधरीले १७४ मतले प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा रहेका काँग्रेसका जंगबहादुर साउँदले १८२ र केशरी बिष्टले ११५ मत प्राप्त गरेका छन। एमालेका तपेन्द्र रावलले १८० र कमला केसीले ८९ मत हासिल गरेका छन्।

चौथो स्थानमा रहेको माओवादी केन्द्रका ललित थापा शिवले १२४ र आशा चौधरीले ७१ मत हासिल गरेका छन्।

मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले वडा नं. ३, ५ र ६ बाट मत गणना सुरु भएको जानकारी दिए। गएराति १२ बजेबाट मतगणना सुरु भएको थियो । तीन स्थानमा मतगणना भैरहेको रेग्मीले बताए।

कुल ३९ हजार १ सय ९२ मतदाता रहेको टीकापुरमा २७ हजार १ सय ६४ मत खसेको छ। टीकापुरसँगैको जानकी गाउँ पालिकामा समेत मत गणना सुरु भएको खबर प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published.