सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छ : उपेन्द्र यादव

सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए ।

राजपाको नाम नलिई उनले प्रश्न गरे, ‘मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनताले मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई चाहीँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन मिल्छ ?

विप्लव माओवादीले पहिलो चरणको चुनाव रोक्न खोजेको स्मरण गराउँदै यादवले भने, ‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो । जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’ आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।

यादवले भने, ‘केही पार्टीका केही कार्यकर्ताले रोक्दैमा जनता रोकिएला त ? रोकेपनि कुनै कुनै ठाउँमा रोकिएला । एक नम्बरमा त कुनै हावा पनि चलेको छैन उहाँहरुको ।’ जनताले निर्वाचित प्रतिनिधि आउन् र विकास होस् भन्ने चाहेको भन्दै फोरम अध्यक्ष यादवले आन्दोलन छाडेर चुनावमा आउन राजपालाई आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published.