नयाँ शक्तिका गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरीमाथि सांघातिक आक्रमण

नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति सांघातिक आक्रमण भएको छ।

स्थानीयतहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका-३ कट्हा नेकपा माओवादी केन्द्रका करिब ५० जना बढी नेता कार्यकर्ता तथा वाइसियलले हातपात गरी घाइते बनाएका छन्। चुनाब प्रचारप्रसारका क्रममा सोही ठाउँका रामशंकर चौधरीले आफू लामो समय देखि बिरामी भईरहेको र सिटामोल सम्म किन्न पैसा नभएको समस्या सुनाउँदै सहयोगका लागि आग्रह गरे पछि नयाँ शक्ति पार्टीका उम्मेदवार नन्दकुमार चौधरीले उपचारका लागि सहयोग स्वरुप एक हजार दिएका थिए।

रामशंकर चौधरीलाई नयाँ शक्ति पार्टीले गाउँमा पैसा बाँडेको भन्दै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको नेतृत्वमा रहेको ५० बढी माओवादीका नेता कार्यकर्ताहरुले सांघातिक आक्रमण गर्नुका साथै हातपात गरी घाईते बनाएका उम्मेदवार चौधरीले बताए ।

हामीले कसैलाई पैसा बाँडेका छैनौँ रामशंकर जी लाई उपचारका लागि सहयोग स्वरुप एक हजार मात्र दिएको हो, गाउँपालिकाका प्रमुख पदका नन्दकुमारले भने। हामीले उहाँलाई सहयोग गर्न मात्र खोजेका हौँ, कसैलाई पैसा बाँडेका छैनौं उम्मेदवार चौधरीले भने।

हामीलाई माओवादीका नेता कार्यकर्ताहरुले जथाभावी पैसा बाँड्ने र हाम्रा कार्यकर्ता बिर्गादै नयाँ शक्तिको सदस्य बनाउने जस्ता आरोप तथा अश्लिल शब्द प्रयोग गदै एक जनालाई बीस पच्चिस जनाको समूहले लाट्टी र मुक्काले टाउको, पेट, छाती र खुट्टामा हाने पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्माले भने। यता रामशंकरले पनि उपचार सहयोगका लागि पैसा मागेको स्वीकार गरेका छन् । यता माओवादी केन्द्रले भने मतदाताहरुलाई पैसा बाँडेको आरोप लगाएका छन्।

घटना भएको थाहा पाए पछि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रबिन्द्रबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगे पछि माओवादी केन्द्रका कार्यकर्ताहरु पुगे पछि कुटपिट गर्न छोडेका थिए। हातपातमा संलग्न माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमै नलिई घाइते नयाँ शक्तिका उम्मेदवार चौधरी र पार्टीका गाउँपालिका संयोजक शर्मालाई उपचार नै नगराई घरमा ल्याई छोडेको थियो। यसैबीच उक्त घटनाको बिषयमा छलफल गरी सहमति जुटाउनका लागि ईलाका प्रहरी कार्यालय भालुवाङले मंगलबार बिहान दुबै पार्टीलाई छलफलमा बोलाएको प्रहरी प्रमुख खड्काले जानकारी दिए।

नयाँ शक्ति पार्टी नेपालका राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राती भएको सांघातिक आक्रमण तथा हातपातको घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गरेको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला समिति दाङका संयोजक नारायण भट्टराईले सोमबार राती नै एक प्रेस विज्ञप्ती जारी गरी उम्मेदवार चौधरी र नेता शर्मा माथि भएको आक्रमण प्रति कडा रुपमा भर्षणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.