दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
जस अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।