काबुलमा आत्मघाति बम बिस्फोट, पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘काबुलमा भएको विस्फोटमा पाँच नेपाली घाइते भएको जानकारी प्राप्त भएको छ। चार जनाको अवस्था सामान्य छ। एक जना सामान्यभन्दा बढी अलि बढी घाइते छन्’, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘पाँचै जनाले नेपालमा रहेका परिवारसँग कुराकानी गरिसकेका छन्।’

काबुलस्थित वेलायती र जर्मनी दूतावास नजिकै बुधबार बिहान आत्मघाती बम विस्फोट गराइएको थियो। विस्फोटका कारण सो क्षेत्रका भवनमा क्षति पुगेको छ। केही सवारी साधन जलेका छन्।

Leave a Reply

Your email address will not be published.