पत्रकार महासंघको छैठौं जिल्ला अधिवेशन १९ गते हुने

नागेन्द्र चौधरी/बारा।
नेपाल पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन यही चैत १९ गते शनिबार हुने भएको छ । पत्रकार महासंघ बारा शाखाको आइतबार सम्पन्न भएको बैठकले अधिवेशन १९ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीको सबै जिम्मेवारी पनि अध्यक्ष उपाध्यायलाई नै दिने निर्णय गरेको छ ।

यसरी नै बैठकले बाराका अग्रज पत्रकार उमेशलाल दास मुख्य निर्वाचन अधिकृत रहने गरी पत्रकार दुर्गा प्रसाद गौतम र बार एशोसिएन बाराका एकजना कानुन ब्यवसायी प्रतिनिधि रहने गरी तीन सदस्यीय निर्वाचन समित पनि गठन गरेको छ ।

बैठकले जिल्लामा रहेका सबै पत्रकारहरुको संगठनहरुसंग अध्यक्ष उपाध्यायले चैत १० गतेसम्म सहमति र सहकार्य कार्यान्वयनका लागि तथा नयां सदस्यताका लागि समन्वय गर्ने र सचिव जयनारायण यादव र कोषाध्यक्ष भैयाराम साहको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत तयार पर्ने निर्णय गरेको छ ।

शाखाका सबै साधारण सदस्यहरुले चैत १५ गतेसम्म सदस्यता नवीकरण गरिसक्नु तथा महासंघको चुनाव सफल बनाउनका लागि जिल्लाका सुरक्षा निकायसंग पनि समन्वय गर्ने निर्णय बैठकले गरेको अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.