राप्रपामा एउटा थारु कोटाका लागि दुई जनाको उम्मेद्वारी

राप्रपाको ९८ जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ । समावेशीअन्तर्गत गरिएको महाधिवेशनमा थारुका लागि एउटा कोटा छुट्याइएको छ । एउटा कोटाका लागि दुई जनाको उम्मेदवार परेको छ ।
जसमा बाराका गिरधारी चौधरी र बाँकेका ठाकुरसिंह थारु छन् । ९८ केन्द्रीय सदस्यका लागि ३ सय ६५ जनाको उम्मेदवारी परेको छ ।

हिजो अध्यक्षको लागि भएको मतदानमा कमल थापा विजयी भएका थिए । उनले दुई हजार ८ सय ४ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.