१९ वर्षपछि वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रीत भएको बताए। प्रवक्ता कार्कीले भने, ‘मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ। निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ।’ रासस

Leave a Reply

Your email address will not be published.