ट्याक्टरको ठक्करबाट लक्ष्मी चौधरीको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा शनिबार राती मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको छ । सुन्दरदुलारी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा को २ त ४३४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकै दिशाको को १८ प ९३२९ नम्बरको मोटरसाईकलमा सवार चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छविलाल चौधरी भने सकुशल रहेको कटुवालले बताए ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.