डण्डामा आज बृहत् विरोध सभा, सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्ने

थारु कल्याणकारिणी सभा नवलपरासीले शनिबार भब्य विरोध सभा आयोजना गरेको छ। नवलपरासीको कावासोती-१६ डण्डास्थित थारु राष्ट्रिय संग्राहलयमा विरोध सभा आयोजना हुने सभाका अध्यक्ष गणेशमान महतोले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्नेछन्।

नवलपुरलाई पाँच नम्बर प्रदेशमा राख्नुपर्ने माग गर्दै नवलपरासीका थारुहरु आन्दोलित बन्दै आएका छन्। उनीहरुले चक्काजाम गर्नेलगायत स्थानीय नेता र प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाइसकेका छन्। थारु बाहुल्य क्षेत्र एउटै कलस्टरमा हुनुपर्ने भन्दै आफूहरुलाई पनि पाँच नम्बर प्रदेशमा रहन दिन त्यहाँका थारुहरुले माग गर्दै आएका छन्।

‘नेताहरुले आफूखुसी नवलपरासीलाई ४ नम्बर प्रदेशमा राखेका छन्, जुन हामी कुनै हालतमा मान्दैनौं,’ अध्यक्ष महतो थारुवानसँगले भने, ‘हामीलाई जसरी पनि ५ नम्बर प्रदेशमा राखिनुपर्छ। पाँच नम्बर प्रदेशमा कैलाली, कञ्चनपुर पनि ल्याउनपर्छ।

Leave a Reply

Your email address will not be published.